दोश्रो संस्करणको उदयदेव प्रिमियर लिग (युपिएल) को तयारी पुरा भएको छ । पाटन भ्यालि क्रिकेट क्लब पाटन बैतडीको आयोजनामा शुक्रबारदेखी सञ्चालन हुने दोश्रो संस्करणको युपिएलको तयारी पुरा भएको हो । श्री कृष्ण माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने टि २० क्रिकेट प्रतियोगिताको सबै तयारी पुरा भएको क्लबका अध्यक्ष सन्तोष जोशीले बताउनुभयो । खेलकुदलाई पर्यटनसँग जोड्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको जोशीले जानकारी दिनुभयो । ८ ओटा टोलीलाई चार पोलमा विभाजन गरिएको छ । प्रत्येक पोलमा २/२ टिमलाई राखीएको छ । प्रतियोगिताको उद्घाटनमा पाटन ११ र सिगास सेवा समाजबिच खेल हुनेछ । चैत २२ गते शुक्रबारदेखी सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल चैत २८ गते हुनेछ । जनाउने टिमले यो संस्करणमा प्रथम हुने टिमले १ लाख११ हजार १११ रुपैँया नगदसहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने जानकारी दिए । यस्तै उपबिजेता टोलीले ४५ हजार ५५ रुपैँया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।यस्तै म्यान अफ दि सिरिजलाई ८ हजार ८४८ रुपैँया, बेष्ट व्याट्स्म्यान तथा बेष्ट बलरलाई ५ हजार ५५५ रुपैँया र उदयमान खेलाडीलाई २ हजार ५२५ रुपैँया नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
