बैतडी:अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ लयाँटीकी १६ वर्षीया छात्रा अस्मिता भुलले आत्महत्या गरेकी छन्। नवज्योति माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत अस्मिताले रुखमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
प्रहरीका अनुसार कक्षा ८ को नतिजा अनुत्तीर्ण भएको खबर पाएलगत्तै अस्मिता सोमबार साँझ घरबाट बेपत्ता भएकी थिइन्। पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनले आत्महत्या गर्नुअघि एउटा सुसाइड नोट पनि लेखेको भेटिएकाे छ ।
मंगलबार बिहान घर नजिकैको रूखमा अस्मिता झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको प्रहरीले जनाएको छ।
यस दुःखद घटनाले गाउँमा शोक छाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
