बैतडी सुर्नया: बैतडीको सुर्नया गाउँपालिका वडा नं – ४ लाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ ।
निर्धारण गरिएका सबै सुचक पूरा भएपछि सोमबार वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो ।
जन्मेदेखि १५ महिना मुनिका ७० जनाले हाल नियमित खोप पाइरहेको र १६ महिना देखि ५ बर्ष सम्मका २ सय २७ जना बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोप पाएपछि वडालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिएको भाैनेली स्वास्थ्यचौकीका इन्चार्ज सुरेन्द्र सिंह महराले जानकारि दिए ।
भाैनेली स्वास्थ्य चाैकीकाे आयाेजना,सुर्नया गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष एवं वडा खाेप समन्वय समिति संयाेजक प्रताम महरा, स्वास्थ्यकर्मी, खोप समन्वय समितीका पदाधिकारी र अन्य सरोकारवालाहरुको उपस्थितीमा वडालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिएको स्वास्थ्य इन्चार्ज महराले बताए ।
वडाभित्रका सबै बालबालिकाहरुले खोप पाएको एकीन भएपछि वडालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिएको बताइएकाे छ ।





