सुर्नया गाउपालिका बैतडी : बैतडीको सुर्नयामा एक जना स्वास्थ्यकर्मी को मृत्यु भएको छ । जिल्ला काे सुर्नया गाउँपालिका ८ कैलपाल सामुदायिक स्वास्थ्य इकाईमा दाेरामा कार्यरत स्वास्थकर्मी ३१ कृष्ण ब साउदकाे मृत्यु भएको हाे ।
शरिरमा खटिरा भएर डडेल्धुरा अस्पतालमा उपचार गरेर घर फर्केका उनकाे गएराती मृत्यु भएको शिक्षक कमल बहादुर साउदले जानकारी दिनु भयाे । परिवार स्रोतका अनुसार उनलाई सामान्य पेट दुखाई पहिलेबाट हुने भएकोले आयुबे्दिक औषधी सेवन गर्ने गरेका थिए ।
करार सेवामा कार्यरत साउँदको घरमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
साउद एक कुसल असल सब्य भब्य स्वास्थ्यकर्मी थिए । साउदकाे मृत्यु भएपछि सिङ्गाे गाउँनै शाेकमा डुबेको छ।
यसैबिच स्वास्थ्यकर्मी साउद को मृत्यु पच्यात आज गाउपालिकाले शोक बिदा दिने निर्णय समेत गरेको छ।






